पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
महोत्तरी – रामगोपालपुर नगरपालिका ७ सहसौलाको स्वास्थ्य चौकीमा शौचालय र खानेपानीको व्यवस्था नभएपछि सेवाग्राही मर्कामा परेका छन् ।
स्वास्थ्य चौकीमै शौचालय र खानेपानीको अभाव भएपछि उपचारका लागि आउने बिरामीसँगै कार्यरत कर्मचारी समस्यामा परेका हुन् । शौचालय नभएपछि उपचारका लागि आएका बिरामी शौच गर्न अन्यत्र जानुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीमा कार्यरत अनमी सरस्वती यादवले बताउनु भयो ।
‘पुरुष कर्मचारीले अन्यन्त्र गएर शौच गर्ने गर्नुहुन्छ । तर महिलालाई निक्कै समस्या परेको छ । शौचालय र खानेपानी नहुँदा साह्रै मर्का परेको छ’ यादवले भन्नुभयो ।
स्वास्थ्य चौकीका प्रमुख अहेव लक्ष्मण महतोले विगत लामो समयदेखि शौचालय र खानेपानीको व्यवस्था नभएको स्वीकार गर्नुभयो । नगरपालिकाले अहिलेसम्म शौचालयको व्यवस्थापन गर्न नसकेको भन्दै महताेले सम्बन्धित निकायलाई स्वास्थ्य चौकीको समस्याबारे पटक-पटक जानकारी गराइएको बताउनु भयाे ।
नगरप्रमुख अशोक कुमार मण्डलले भने स्वास्थ्य चौकीको लागि पर्याप्त बजेट विनियोजन नहुँदा शौचालय र खानेपानीको व्यवस्था गर्न नसकिएको बताउनुभयाे ।
आउँदा दिनमा स्वास्थ्य चाैकी र सार्वजनिक ठाउँमा शुद्ध खानेपानी र शौचालय निर्माण गरिने नगरप्रमुख मण्डलले बताउनु भयाे । याे स्वास्थ्य चौकीमा अहिले सिनियर अहेब एक जना, अहेब दुई जना र अनमी एक जना गरी चार जना कर्मचारी कार्यरत छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।