बाेराकाे खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीयकाे ज्यान गयाे

 माघ १६, २०७६ बिहीबार १३:१४:२७ | रासस
unn.prixa.net

रुपन्देही – जम्मा गरेर राखेकाे बाेराकाे खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको ज्यान भएको छ। 

कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको बलिया तपनी गाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, दुई वर्षीया छोरी सहिना खातुन र ६ वर्षीय छोरा सुल्तान रजाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) केशव ज्ञवालीले जानकारी दिनुभयो ।

सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डी पिपरहियामा भाडामा बस्दै आएका उनीहरुले आफैले सङ्कलन गरेर राखेको बोराको थुप्रो पल्टिँदा खाटमा सुतेका उनीहरुको निस्सासिएर ज्यान गएको प्रहरी निरीक्षक ज्ञवालीले बताउनु भयो । 

मृतक चारै जनाको शव बिहीबार बिहान फेला परेकाे थियो । उनीहरुको शव परीक्षणका लागि भैरहवाकाे भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया