शनिबार काठमाण्डौ र ललितपुरका यी ठाउँमा दिनभरजसो बत्ती जाने

 माघ १८, २०७६ शनिबार ७:२४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शनिबार काठमाण्डौ र ललिपुरका विभिन्न ठाउँमा दिनभरजसो बत्ती जाने भएको छ ।

महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन जोडिएका ठाउँमा ९ घण्टा बत्ती जाने भएको हो । चक्रपथ विस्तार कार्यका लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएकोले बत्ती जाने भएको हो । 

बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म बत्ती नआउने लिमिटेडले जनाएको हो । यस फिडर अन्तर्गत बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंँगबु चोक, टोखा रोड हुँदै ग्राण्डी अस्पताल लगायतका क्षेत्रहरुमा बत्ती जाने भएको छ  ।

यस्तै, ललितपुरका केही ठाउँमा शनिबार बिहानदेखि नै लोडसेडिङ हुने भएको छ । पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरण गरिएको ११ केभी लाइनमा सेक्सनलाइजर राख्ने तथा जम्परहरु मर्मत गरेर फिडर सुधार गर्नुपर्ने भएकोले ६ घण्टा लोडसेडिङ हुने भएको हो । 

शनिबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म जम्मा ६ घण्टा बत्ती निभाइने पुल्चोक वितरण केन्द्रले जनाएको छ ।                                                                

केन्द्रकाअनुसार पुल्चोक फिडर अन्तर्गत बल्खु, सानेपा साँचल, सानेपा चोक, प्रधानसेनापति निवास, झम्सीखेल चोक, सीजी कार्यालय क्षेत्रलगायतका ठाउँमा बत्ती काटिनेछ ।
 

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया