चीनमा रहेका नेपालीको स्वास्थ्य-सुरक्षाको ग्यारेन्टी लिन्छौँ : चिनियाँ दूतावास

 माघ १८, २०७६ शनिबार १४:५२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनमा रहेका नेपाली नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने चीन सरकारले जनाएको छ ।

चीनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाल सरकारले राखेको चासोमा नेपालमा रहेकाे चिनियाँ दूतावासले सुरक्षाको ग्यारेन्टी लिने जनाएको हो ।

चिनियाँ दूतावासले शनिबार विज्ञप्ति निकालेर वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो । यसअघि नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिएको वुहानमा रहेका नेपाली विद्यार्थी फिर्ता ल्याउन चीनलाई पत्र समेत पठाएको थियाे ।

विज्ञप्तिमा नेपाल घुम्न आउन इच्छुक चिनियाँ नागरिकलाई कोरोना भाइरसबाट सचेत गराउने र नेपाल घुम्न प्रेरित गर्ने पनि उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया