साउदीमा अलपत्र नेपालीलाई खानाको व्यवस्था

 साउन ७, २०७५ सोमबार १७:२९:२३ | उज्यालो सहकर्मी

खोटाङ – साउदीमा अलपत्र परेका ३६ जनालाई विभिन्न संघसंस्थाले खानाको व्यवस्था गरेका छन् ।

कम्पनीले सम्झौता अनुसारको काम र पैसा नदिएपछि साउदीको अल्खोबर टुम्बामा अलपत्र परेका नेपालीलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दमाम, गुरुङ तमुधि, मधेसी संस्था, नेपाल एनबिसी, एनआरएनए साउदी लगायतका संघसंस्थाले खानाको व्यवस्था गराएका हुन ।

असार ३२ गतेदेखि खानाको व्यवस्था नहुँदा उनीहरुले खाजाकै भरमा दिनरात बिताएका थिए । २०७४ फागुन १ गते सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमा क्याट्रिङको कामका लागि भन्दै साउदी पुगेका ३६ नेपालीलाई साउन १ गते अल्खोबर टुम्बामा पुर्‍याइएको थियो ।

सम्झौता अनुसारको तलब नपाएपछि एक दिन काममा नगाएका ३८ जना नेपालीलाई  कम्पनीले निकालिदिएको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेबी बिश्वकर्माले बताउनुभयो ।

अलपत्र ३८ मध्ये दुई जनालाई भने छुटाएर कुवेतको बोर्डरमा लगिएको खोटाङ फेदीका अरुण तामाङले बताउनुभयो ।

दलालले उनीहरुलाई क्याट्रिङको काममा १४ सय रियालसम्म तलब हुने बताएको थिए । तर सम्झौता पत्रमा आठ सय मात्र पाउने उल्लखे छ । अहिलेसम्म उनीहरुले नौ सय रियाल मात्र तलब पाएको बताएका छन् ।  


 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया