प्रजातान्त्रिक मूल्य मान्यतामा आघात पुर्‍याउनु हुँदैन : कांग्रेस सभापति देउवा

 माघ १८, २०७६ शनिबार २०:८:५३ | रासस
unn.prixa.net

फाइल फाेटाे

 रुपन्देही - नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक प्रजातान्त्रिक मूल्य मान्यता माथि कहीँकतैबाट आघात पुर्‍याउने काम गर्न नहुनेमा जोड दिनुभएको छ ।  

प्रदेश नं ५ को प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधनको १३ औँ पुण्य तिथिमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ काे टिकुलीगढमा शनिबार आयोजित श्रद्धाञ्जलीसभामा उहाँले प्रेस स्वतन्त्रतामा समेत कहीँबाट हस्तक्षेप गर्न नहुने बताउनुभयो ।

सभापति देउवाले प्रेस स्वतन्त्रताका पक्षमा हुने आन्दोलनप्रति कांग्रेसको सर्मथन रहने उल्लेख गर्दै पोखरेलको निधनले प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको चर्चा गर्नुभयो । 

 महामन्त्री डा शशांक कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा स्व पोखरेलको योगदानको कदर हुने उल्लेख गर्नुभयो । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्ने व्यक्तित्व भएको  योद्धा पोखरेलाई पार्टीले गुमाएकोमा चिन्ता व्यक्त गर्नुभयो । 

 कार्यक्रममा प्रतिनिधिसभा,सार्वजनिक लेखा समितिका सभापति भरत शाह, सांसद प्रमोद यादव, कांग्रेसका नेता वीरेन्द्र कनौडिया, भुवनप्रसाद श्रेष्ठ, वीरबहादुर रानालगायतले इमान्दार कार्यकर्ताको योगदानले कांग्रेस अहिलेको अवस्थामा आएको बताउनुभयो । 

प्रदेशसभामा विपक्षी दलका नेता पोखरेलको गएकाे माघ ६ गते ८२ वर्षको उमेरमा निधन भएको थियो । विसं २०१४ मा नेपाली कांग्रेसमा आबद्ध भएर विसं २०१७ देखि विसं २०२१ सम्म जेल जीवन व्यतित गर्नुभएको थियो ।  

भूमिगत राजनीतिक जीवनको समेत अनुभव हासिल गर्नुभएका पोखरेल विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिइ प्रवासबाट फर्केर पार्टीमा क्रियाशील हुनुभएको बताइएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया