कुकुरको दाना निर्यात गरेर नेपालले भित्र्यायाे ६ महिनामा ५८ करोड रुपैयाँ

 माघ १९, २०७६ आइतबार १३:१०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै साढे ५८ करोड रुपैयाँको ‘कुकुर बिरालोका खाना’ निर्यात गरेको छ ।

गएको साउनदेखि पुससम्म नेपालले ५८ करोड ४४ लाख रुपैयाँ बराबरको तीन लाख ५२ हजार किलो ‘कुकुर तथा बिरालोको खाना’ निर्यात गरेको भन्सार विभागले जनाएको छ ।

अमेरिका, बेलायत, क्यानडा, सिङ्गापुरलगायत देशमा इलाम र सोलुखुम्बुबाट निर्यात हुने छुर्पीलाई भन्सार विभागले ‘कुकुर बिरालोको खाना’को रुपमा व्याख्या गरेको छ । नेपालको छुर्पी स्वादिष्ट हुने र त्यहाँका कुकुर बिरालोलाई समय कटाउन सजिलो हुने भएकाले माग बढिरहेको नेपाली व्यवसायी बताउँछन् । 

चालु आर्थिक वर्षको ६ महिनामा दुबई, बेलायत, हङकङ, जापान, नेदरल्याण्ड्स, सिङ्गापुर, सियरा लियोन, थाइल्याण्ड, ताइवानलगायतका ११ देशमा नेपाली छुर्पी कुकुर र बिरालोको दानाको रुपमा निर्यात भएको छ ।

सबैभन्दा धेरै अमेरिकामा तीन लाख १० हजार किलो, क्यानडामा २४ हजार किलो, सिङ्गापुरमा १८ हजार किलो, बेलायतमा चार हजार किलो र ताइवानमा १५ सय किलो कुकुरको दाना निर्यात भएको भन्सार विभागले जनाएको छ ।

गएको आर्थिक वर्षमा नेपालबाट एक अर्ब पाँच करोड रुपैयाँ बराबरको ६ लाख ३६ हजार किलो ‘कुकर बिरालोको खाना’ निर्यात भएको थियो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया