हिन्दू महासभा अध्यक्ष रणजीत बच्चनकाे लखनउमा गाेली हानी हत्या

 माघ १९, २०७६ आइतबार १३:१६:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानेर हत्या गरिएको छ । 

प्रदेश अध्यक्ष रणजीत बच्चन आफ्ना भाइसँग आइतबार बिहान ‘मर्निङ्ग वाक’ मा गएका बेला राजधानी लखनउ नजिक हजरतगञ्ज इलाकामा उनको गोली हानेर हत्या गरिएको हो । 

घटनामा रणजीतका भाइलाई पनि गोली हानिएको थियो र उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । 

लखनउका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोडाका अनुसार ‘आइतबार बिहान ६ बजेको समयमा रणजीत बच्चन आफ्ना भाइसँग मर्निङ्ग वाकमा निस्किएका थिए । हजरतगञ्ज इलाकाको सीडीआरआई नजिक केही बदमास समूहले उनको टाउकोमा गोली हानेर हत्या गरे ।’

रणजीत बच्चनको हत्या भएको क्षेत्र लखनउको निकै महत्वपूर्ण इलाका हो । यो क्षेत्रमा विधान सभा, सचिवालय र सबै सरकारी भवनको अलावा प्रमुख अधिकारी र मन्त्रिको आवास क्षेत्र हो । 

समाजवादी पार्टीसँग जोडिएका रणजीत बच्चन

अतिरिक्त सीपी नवीन अरोडाका अनुसार सन् २००२ र २००९ मा समाजवादी पार्टीको तर्फबाट निकालिएको साइकल यात्रामा रणजीतले महत्वपूर्ण भूमिका निभाएका थिए । उनलाई पार्टीले सम्मान पनि गरेको थियो ।
 
नवीन अरोडाका अनुसार रणजीत बच्चनले विश्व हिन्दू महासभा नामको एक सङ्गठन बनाएका थिए र उनी त्यसको राष्ट्रिय अध्यक्ष बने । 

गएको वर्ष १८ अक्टोबरमा हिन्दू समाज पार्टीका राष्ट्रिय अध्यक्ष कमलेश तिवारीको पनि केही व्यक्तिले उनकै घरमा पसेर हत्या गरेका थिए । 

समाजवादी पार्टीले घटनाको निन्दा गर्दै योगी सरकारप्रति आपत्ति जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया