चीनमा दश दिनमा तयार भयो हजार शय्याको अस्पताल : सोमबार उद्घाटन हुने

 माघ १९, २०७६ आइतबार १४:३६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि चीनको वुहान शहरमा १०  दिनभित्र निर्माण भएको अस्पतालको सोमबार उद्घाटन हुने भएको छ । 

गएको जनवरी २४ अर्थात माघ १० गतेबाट निर्माण सुरु भएको अस्पतालको निर्माणकार्य सम्पन्न भएको हो । झण्डै, २५ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण भएको हुओसेनसान अस्पतालमा एक हजार शय्या राखिएको छ । 

घातक कोरोना भाइरसको कारण ज्यान गुमाउनेहरुको संख्या बढेसँगै चीनले व्यापक सतर्कता अपनाउँदै आएको छ । यसअघि पनि भाइरस संक्रमित बिरामीको उपचारका लागि छोटो समयमा अस्पताल निर्माण गरिसकेकाे छ ।  

चीनको हुवेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म चीनमा मात्रै ३ सय ४ जनाको ज्यान गएको र १४ हजार ३ सय ८० जनामा कोरोनाको संक्रमण भएको पुष्टि भैसकेको बीबिसीले जनाएको छ ।

चीनका विभिन्न सहरी क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम तीव्र बनेपछि प्रशासनले आउँदाे फेब्रुअरी ३ सम्ममा नयाँ अस्पतालमा सेवा सञ्चालन गर्नेगरी काम गर्न निर्देशन दिएको हो।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया