असी वर्ष लामो इतिहास बोकेको ‘बीबीसी हिन्दी’ रेडियो बन्द

 माघ १९, २०७६ आइतबार १४:२६:३१ | एजेन्सी
unn.prixa.net

भारतको लोकप्रिय रेडियो बीबीसी हिन्दी सेवा बन्द भएको छ ।

जनवरी ३१ तारिखमा अन्तिम कार्यक्रम गर्दै रेडियो बन्द भएको हो । सन् १९४० को मे ११ तारिखमा सुरु भएको यो रेडियोलाई एक वर्ष अघिदेखि नै बन्द गर्ने प्रक्रिया सुरु भएको थियो । 

रेडियोको लोकप्रियता र सुन्ने स्रोताको संख्या घट्दै गएकाले रेडियो बन्द गर्नु परेको बीबीसीले जनाएको छ । रेडियो बन्द भए पनि अनलाइन सेवा भने यथावत रहने खबरमा उल्लेख गरेको छ । 

दोस्रो विश्वयुद्धताका स्थापना भएको बीबीसी रेडियोको प्रसारण ऐतिहासिक रहेको पनि खबरमा उल्लेख गरिएको छ । संकटकाल र कुनै घटनामा बीबीसी रेडियोले प्रसारण गरेको खबरलाई आधिकारिक मान्ने गरिन्थ्यो । भारत र खाडी देशमा बीबीसी रेडियोको करौडौँ स्रोता रहेका पत्रकार कुर्बान अलीले बताउनु भएको छ । 

बेलायतको पक्षमा खबर सम्प्रेषण गर्न खुलेको थियो रेडियो 

दोस्रो विश्वयुद्धको समयमा बेलायतको प्रचारप्रसारका लागि भन्दै यो रेडियोको स्थापना गरिएको थियो । सन् १९४० को मे ११ तारिखमा बीबीसी हिन्दुस्तानी सेवाको १० मिनेटको समाचार बुलेटिन  रेडियोबाट प्रसारण गर्दै बीबीसी हिन्दी रेडियोको पहिलो प्रसारण गरिएको थियो ।  

सन् १९४१ मा बीबीसी हिन्दुस्तानी सेवाको समय बढेर आधा घण्टा पुगेको थियो । यसको पहिलो सञ्चालक जुल्फिकार अली बुखारी हुनुहुन्थ्यो । बुखारी १९४५ सम्म सञ्चालक हुनुभयो । १९४७ पछि बुखारी पाकिस्तान रेडियोको पहिलो महानिर्देशक बन्दै बीबीसी रेडियोबाट बिदा हुुनु भएको थियो ।

बीबीसी रेडियोको विश्व सेवा, हिन्दी सेवा र उर्दू सेवाको आफ्नो स्वर्णिम इतिहास छ । बीबीसी हिन्दी रेडियोका प्रमुख प्रस्तोता राजेश जोशीले ८० वर्षे इतिहास बोकेको रेडियो सेवाको अन्तिम कार्यक्रम सञ्चालन गर्नु भएको थियो । अन्तिम कार्यक्रम प्रसारण सकेपछि जोशीले स्टुडियोको माइकलाई ढोग्नुभएको थियो । रेडियो बन्द हुँदै गर्दा जोशीसहितका कर्मचारी भावुक बनेका थिए ।

 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया