आइतबार नेप्से २१ अङ्कले बढ्यो

 माघ १९, २०७६ आइतबार १७:३१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेप्से परिसूचक आइतबार २१ अङ्कभन्दा धेरैले बढेको छ । 

कारोबार हुने हप्ताको पहिलो दिन आइतबार परिसूचक २१ दशमलव २६ अङ्कले बढेर १३ सय ४६ दशमलव ६४ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । 

व्यापार र जीवन बीमा समूहबाहेक आइतबार सबै समूहको उपसुचक बढेको छ । सबैभन्दा धेरै निर्जिवन बीमा समूहको १०१ दशमलव ५२ अङ्कले बढेको छ । ‘क’ वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आइतबार ५ अङ्कले बढेको छ । 

आइतबार २ अर्ब ७ करोड ७९ लाख रुपैयाँ बराबरका ५३ लाख ४६ हजार कित्ता शेयर किनबेच भएका छन् । सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइतबार सबैभन्दा धेरै १० करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्से र कारोबार दुवै सुधार भएको दिन आइतबार ग्रामीण विकास वित्तीय संस्था लिमिटेड, नयाँ नेपाल लघुवित्त विकास बैंक लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् ।

गुह्वेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने ५ प्रतिशत गुमाएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया