चीनबाट ल्याइने नेपालीलाई राख्ने ठाउँकाे खोजी हुँदै : यी हुन् सम्भाव्य ठाउँ

 माघ १९, २०७६ आइतबार १७:५५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले कोरोना भाइरसको प्रकोप फैलिएको चीनबाट फर्काउन लागेका नेपालीलाई राख्न ठाउँ खोजिरहेको जनाएको छ । काठमाण्डौसहित भक्तपुर र ललितपुरमा सम्भाव्य ठाउँको खोजी भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाण्डौको कीर्तिपुर, ललितपुरको स्टाफ कलेज जावलाखेल र भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने गरी छलफल भैरहेको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

कोरोना प्रभावित क्षेत्रबाट ल्याउन लागिएका नेपालीलाई १५ दिन अलग्गै ठाउँमा राखेर भाइरसको संक्रमण नरहेको प्रमाणित भएपछि परिवारको जिम्मा लगाउने सरकारको तयारी छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया