उखु किसानले पाएनन् भुक्तानी : फेरि आन्दोलित

 माघ १९, २०७६ आइतबार १८:४८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उखु किसानले पाउनुपर्ने भुक्तानी रकम अझै पाउन नसकेपछि उखु किसान फेरि आन्दोलित बनेका छन् ।

फागुन मसान्तसम्ममा आफूहरुले भुक्तानी नपाए तेस्रो चरणको आन्दोलन गर्ने उखु किसानको चेतावनी छ । 

उखु किसान सङघर्ष समितिले आइतबार विज्ञप्ति निकालेर फागुन मसान्तसम्म पनि सबै बक्यौता रकम भुक्तानी नभए चैत ४ गतेदेखि काठमाण्डौको माइतीघर मण्डलामा अनिश्चितकालिन रिले अनशन गर्ने जानकारी गराएको छ ।

सङघर्ष समितिले तेस्रो चरणको आन्दोलनका लागि फागुन ५ गते गाउँमा गएर उखु किसानको बक्यौता रकमको विवरण संकलन गर्नेछ । यस्तै समितिले फागुन २१ गते एक छाक खाना नखाइ खेतमा काम गर्ने ‘उपवास कार्यक्रम’ राखेको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया