चीनबाट नेपाल आउने पर्यटक बढे

 माघ १९, २०७६ आइतबार १८:३८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सन् २०२० को पहिलो महिना जनवरीमा चीनबाट नेपाल आउने पर्यटक बढेका छन् ।

कोरोना भाइरसको संक्रमणले चीनबाट नेपाल आउने पर्यटकको संख्या घट्ने चिन्ता भैरहेका बेला जनवरीमा भने पर्यटक बढेका हुन् । अध्यागमन विभागका अनुसार जनवरी महिनामा झण्डै १५ हजार जना चिनियाँ पर्यटक नेपाल आएका छन् ।

हवाइ र स्थलमार्ग हुँदै चीनबाट  १३ हजार ९ सय ५८ जना पर्यटक नेपाल आएको अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र तिवारीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

सन् २०१९ को पहिलो महिनामा चीनबाट नेपाल आउने पर्यटकको संख्या १३ हजार ६ सय ८८ रहेको थियो ।

जनवरीको सुरुदेखि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण चीनले पर्यटकीय गतिविधिमा रोक लगाएको छ भने आफ्ना नागरिकलाई विदेश भ्रमणमा सचेत बनाएको छ । साथै कैयौँ जहाजले उडान रद्द गर्न गर्न  थालेका छन् । तर जनवरीमा भने नेपाल आउने चीनका पर्यटकको संख्या थोरैले भएपनि बढेको छ । 

तर चीनबाट नेपाल आउने सबैजसो पर्यटकले आफना प्याकेज रद्द गरेकाले अब भने चिनियाँ पर्यटक ठूलो संख्याले घट्ने पर्यटन व्यवसायीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया