'शिक्षकले तलबमात्र खाने नभइ शिक्षाकाे गुणस्तरमा ध्यान दिनुपर्छ, बेराेजगार उत्पादनमात्रै गर्ने शिक्षा काम छैन'

 माघ २०, २०७६ सोमबार १९:४६:३३ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षामा विविधिकरणको आवश्यकता रहेको बताउनु भएको छ ।

भरतपुर महानगरपालिका ६ पारसनगरमा रहेको शहीद स्मृति माध्यामिक विद्यालयले साेमबार आयोजना स्वर्ण महोत्सवको समापन समारोहमा उहाँले विद्यार्थीको रुचिअनुसार शिक्षालाई वर्गीकरण गर्नु आवश्यक रहेको बताउनु भयो ।

अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा हो भन्दै शिक्षकले तलब मात्रै खाने नभइ गुणस्तरमा ध्यान दिन आवश्यक रहेको औँल्याउनु भयाे । अबको शिक्षाले उत्पादित जनशक्ति कति खपत हुन्छ भन्ने विषयमा समीक्षा गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।

अहिले शिक्षक नियुक्तिका क्रममा प्रतिस्पर्धामा आएका भए पनि शैक्षिक गुणस्तर दिन नसक्नु समीक्षाको विषय बनेको उहाँले बताउनु भयो । निजी क्षेत्रले शिक्षामा दिएको योगदानभन्दा राज्यको योगदान ठूलो भए पनि राज्यबाट सञ्चालित विद्यालयले प्रतिफल दिन नसकेको प्रस्ट पार्नुभयाे । 

अबको शिक्षा उद्यमशील शिक्षा हुनुपर्ने भन्दै उहाँले प्राविधिक शिक्षामा जोड दिन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा विद्यालयको स्वर्ण महोत्सवका अवसरमा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया