राष्ट्रिय ट्रमा सेन्टरले औषधि पसल विस्तार गर्ने

 माघ २१, २०७६ मंगलबार १९:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय ट्रमा सेन्टरले औषधि पसल विस्तार गर्ने तयारी गरेको छ ।

अस्पतालको आन्तरिक स्रोत बढाउन अहिले एउटा मात्रै पसल रहेकामा थप दुई वटा खोल्ने तयारी गरेको छ । अस्पताल प्रशासनले एउटा शल्यक्रिया कक्ष नजिक, एउटा आकस्मिक कक्ष र अर्को गेटबाट छिर्नासाथ पसल स्थापना गर्ने जनाएको छ ।

माथिल्लो तहमा रहेका पसलले अस्पतालमा रहेका बिरामीलाई थप सहज हुने अस्पतालका कायममुकायम प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रमोदकुमार यादवले बताउनुभयो ।

अस्पतालले सहुलियत दरमा औषधि बिक्री गर्दासमेत त्यो रकम अस्पतालका लागि आन्तरिक आम्दानी हुनसक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार आम्दानी अस्पतालले दैनिक ज्यालादारी कर्मचारीको सुविधामा वा अस्पतालकै लागि खर्च गर्न सक्नेछ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया