सम्पादकसँग प्रधानमन्त्री ओलीकाे ठट्टा- कति तपाईँहरु मात्रै बलिङ गर्नुहुन्छ, कहिलेकाहीँ त मैले पनि ब्याटिङ गर्न पाउनु पर्‍याे नि !

 माघ २१, २०७६ मंगलबार १९:५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छापा, रेडियो र अनलाइनका सम्पादकसँग प्रधानमन्त्री ओलीले मंगलबार समसामयिक विषयमा छलफल गर्नु भएको हो । 

छलफलमा प्रधानमन्त्री ओलीले सरकार प्रेस स्वतन्त्रताको विपक्षमा नरहेको स्पष्ट पार्नुभयो । साथै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले कहिल्यै नखुम्चाउने पनि प्रष्ट पार्नुभयाे। 

यस्तै उहाँले बालुवाटरको जग्गामा भएको अनियमितताबारे छानबिनपछि मुद्दा चलाइने जानकारी गराउनु भयो ।  यस्तै सम्पादकको मुटु नभएको भन्ने प्रसंगमा उहाँले सँधै सम्पादकले बलिङ गर्ने गरेको भन्दै यस पटक आफूले ब्याटिङ  गरेको प्रतिक्रिया दिनुभयो । 

छलफलका क्रममा ठट्टा गर्दै ओलीले सम्पादकहरुलाई भन्नुभयो, ‘कति तपाईFहरु मात्रै बलिङ गर्नुहुन्छ, कहिलेकाहीँ त मैले पनि ब्याटिङ गर्न पाउनु पर्यो नि !’

केही दिनअघि प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामको समाचार बनाउने मन–मुटु भएका सम्पादक नभएको भन्दै टिप्पणी गर्नुभएको थियो । उहाँको यो टिप्पणीको आलोचना भएको थियो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया