चीनबाट हङकङ पुग्ने सबै देशका नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राखिने

 माघ २३, २०७६ बिहीबार ६:५४:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – हङकङले चीनबाट आफ्नो देश पुग्ने सबै नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

चीनमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको र २१ जनामा सङ्क्रमण देखिएकाले अब चीनबाट पुग्ने सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरिएकाे हङकङले जनाएको हो ।

आउँदाे शनिबारदेखि यो निर्णय लागू हुने बीबीसीले जनाएको छ । स्वास्थ्यकर्मीले चीनसँगको सबै सीमा बन्द गर्न माग गर्दै आन्दोलन गरे पनि हङकङले सबै सीमा बन्द गर्न भने अस्वीकार गरेको छ ।

चीनमा बुधबारमात्रै कोरोना सङ्क्रमित ७० जनाको ज्यान गएको छ । त्यहाँ अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९० पुगेको छ भने २४ हजार ३ सय नागरिकमा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म २५ देशका १ सय ९१ जनामा फैलिसकेको छ । अहिलेसम्म चीनबाहिर फिलिपिन्स र हङकङमा एकएक जनाको ज्यान गएको छ ।

बुधबारमात्रै जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका कम्तीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि चालक दलका सदस्यसहित जहाजमा रहेका सबै जनालाई १४ दिन क्वारेन्टाइनमा राखिएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया