महाअभियाेग मामिला : ट्रम्पले पाए सफाइ

 माघ २३, २०७६ बिहीबार ९:०:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन् । विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले महाअभियोग लगाए पनि ट्रम्पलाई माथिल्लो सदनले सफाइ दिएको हो । 

राष्ट्रपटि डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदनमा बहसपछि भएको मतदानमा ट्रम्पले महाअभियोगबाट सफाइ पाएका हुन् । शक्तिको दुरुपयोग अभियोगमा ५२–४८ मत र संसदको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा ५३–४७ मतले ट्रम्पले सफाइ पाएका हुन् । 

ऐतिहासिक मतदानमा सदनले अमेरिकाका ४५औँ राष्ट्रपतिलाई बर्खास्त नगर्ने पक्षमा मत दिएको हो । गएको डिसेम्बरमा अमेरिकी संसदको तल्लो सदनले ट्रम्पमाथि शक्तिको दुरुपयोग तथा संसदको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा औपचारिक रुपमा महाअभियोग लगाएको थियो । 

यही वर्षको आउँदो नोभेम्बरमा अमेरिकामा राष्ट्रपती पदको लागि चुनाव हुँदैछ । योसँगै ट्रम्प महाअभियोगका सामना गरेपछि चुनाव लड्ने देशको पहिलो राष्ट्रपति उम्मेदवार भएका छन् । 

यदि ट्रम्पमाथि लगाइएको कुनै पनि आरोप पुष्टि भएको खण्डमा उनले आफ्नो कार्यभार उपराष्ट्रपति माइक पेन्सलाई सुम्पिँदै राजीनामा पत्र दिनुपर्ने हुन्थ्यो । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया