टर्की : धावनमार्गमा विमान चिप्लिँदा तीन जनाकाे ज्यान गयाे, विमान तीन टुक्रा भयाे

 माघ २३, २०७६ बिहीबार १२:२७:३० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – टर्कीको इस्तानबुलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

विमान दुर्घटनामा १ सय ७० जना घाइते भएका छन् । इज्मिर प्रान्तबाट गएको बोइङ ७३७ विमान सबिहा गोक्सेन विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

भारी वर्षासँगै तीव्र गतिमा हावा चलेका बेला दुर्घटना भएको खबरमा उल्लेख छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको थियाे भने उडान 'डाइभर्ट' गरिएको थियाे ।विमानमा १२ देशका २२ जना पर्यटक रहेका पेगासस एअरलाइन्सले जनाएको छ । 

दुर्घटनापछि विमान तीन टुक्रा भएकाे जनाइएकाे छ । अहिले विमानस्थल सञ्चालनमा आइसकेकाे छ ।  

विमानमा चालक दलका सदस्यसहित १ सय ८३ जना थिए । दुर्घटनापछि विमानमा लागेकाे आगाे दमकलकाे सहायतामा निभाइएकाे थियाे । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया