म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ – विश्व बैंकले भूकम्पीय आवास पुननिर्माण आयोजनाका लागि नेपाललाई झण्डै २२ अर्ब ८० करोड रुपैयाँ सहयोग गरेको छ ।
अर्थमन्त्रालयमा बिहीबार एक समारोहकाबीच विश्व बैंकका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच आवास पुननिर्माण आयोजनाका लागि ऋण सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका तर्फबाट कन्ट्री म्यानेजर फारिस एच हाडाड जर्भोसले हस्ताक्षर गर्नुभएको छ ।
दोस्रो थप ऋण सहायता स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता अनुसार प्राप्त विश्व बैंकको पछिल्लो सहयोग रकमलाई भूकम्प प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० वटा आवास निर्माणमा खर्च गरिने अर्थमन्त्रालयले जनाएको छ ।
विश्व बैंकले नेपालमा भूकम्प प्रतिरोधी आवास निर्माण कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअघि विश्व बैकले सन् २०१५ मा ५५ हजार घर पुननिर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।