दिल्ली : दूतावास परिसरभित्रै पाँच वर्षीया बालिका बलात्कृत

 माघ २३, २०७६ बिहीबार २१:३३:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतको राजधानी दिल्लीमा रहेको अमेरिकी दूतावास परिसरभित्रै पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय युवक पक्राउ परेका छन् । 

ती बालिकाका आमाबुवाले गएको आइतबार प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि आरोपित युवकलाई पक्राउ गरिएको प्रहरीले समाचार एजेन्सी ‘प्रेस्ट ट्रस्ट अफ् इण्डिया’ सँग भन्यो । 

शनिबार बिहान बलात्कारको शिकार भएकी बालिकाको अवस्था स्थिर छ । चिकित्सकले पनि ती बालिका बलात्कृत भएको बताएका छन् । 

ती बालिकाको परिवारमा दूतावासको ग्राउण्ड फ्लोर (भुइँ तला) मा बस्दै आएका थिए । ती बालिकाका पिता दूतावासको हेरचाह गर्ने सदस्यका रुपमा कार्यरत छन् । 

पक्राउ परेका युवक ड्राइभर हुन् तर उनी दूतावासका कर्मचारी भने नभएको बताइएको छ । आरोपित युवकका पिता दूतावासमा काम गर्ने हुँदा उनी परिवारसँगै दूतावासको स्टाफ क्वार्टरमा बस्दै आएका थिए । 

यो अमेरिकी दूतावास चाणक्यपुरीमा पर्छ, जहाँ विभिन्न दूतावास र उच्च आयोगको बाहुल्यता रहेको छ । 

२८ एकड क्षेत्रफलमा फैलिएको दूतावासमा उच्च सुरक्षा र स्थानीय कर्मचारीको बाक्लो उपस्थिति रहँदै आएको छ । 

जाँचकर्ताका अनुसार आरोपी र पीडित परिवार एक–अर्कालाई राम्रोसँग चिन्छन् । एक जना जाँचकर्ताले हिन्दूस्थान टाइम्ससँग भने, ‘बाहिर खेलिरहेकी बालिकालाई ती युवकले ललाइ फकाइ आफू बस्दै आएको ठाउँमा लिएर गए । त्यो समय ती बालिकाको आमाबुवा कतै पर गएका थिए ।’

त्यसपछि ती बालिका आफू बस्दै आएको फर्किइन् र सबै कुरा आमालाई बताइन् । ती बालिकालाई तत्काल अस्पताल पुर्याइयो र उनी बलात्कृत भएको डाक्टरलाई उद्धृत गर्दै प्रहरीले जानकारी दियो । 

प्रहरीका अनुसार ती युवकको भारतको कडा बाल संरक्षण कानुन अनुरुप जाँच भैरहेको छ ।   

सन् २०१८ मा भारत सरकारले आठ वर्षीया बालिकाको बलात्कार र हत्या गरेको तथा १६ वर्षीया किशोरीको बलात्कार गरेको घटनाबाट मृत्युदण्डको सुरुवात गरेको थियो । 

भारतमा नविनतम अपराधको तथ्याङ्कअनुसार प्रत्येक चौथो बलात्कार पीडित बालिका रहेका छन् । बलात्कारको घटनामध्ये ९४ प्रतिशत पीडितले पीडकलाई चिन्छन् । 

सन् २०१२ मा दिल्लीमा बसभित्र एक छात्राको सामूहिक बलात्कारपछि हत्याको घटना र गएको नोभेम्बरमा दक्षिणी शहर हैदराबादमा एक जना पशु चिकित्सकको सामूहिक बलात्कार र हत्याको घटनाले विश्वमा नै चर्चा लिनुका साथै निकै विरोध प्रदर्शन पनि भएको थियो ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया