पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय : आज पश्चिमका केही ठाउँमा हल्का पानी पर्ने

 माघ २४, २०७६ शुक्रबार १६:५४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पश्चिमका धेरैजसो क्षेत्रको मौसम अहिले बदली भएको छ ।

सुदूरपश्चिमबाट पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गरेकाले पश्चिमको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार पश्चिमका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना पनि रहेकाे छ । 

भोलि शनिबार भने धेरैजसो ठाउँमा वर्षा हुने अनुमान गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार पश्चिमी न्यून चापीय  प्रणालीको असर मध्य तराईसम्म नै पर्ने  देखिएकाले मध्य क्षेत्रका केही ठाउँमा पनि पानी पर्ने सम्भावना छ ।

यस्तै  पश्चिमका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो प्रणालीको असर पर्सि आइतबारसम्म नै देखिनेछ । तर काठमाण्डौमा भने पानी पर्ने सम्भावना कम रहेको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया