म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
ललितपुर - ललितपुरमा ‘वाङ्मय शताब्दी पुरुष अन्तर्राष्ट्रिय बालचित्रकला प्रदर्शनी सन् २०२०’को शुभारम्भ भएको छ । पाटन संग्रहालयमा शुक्रबारदेखि ६ दिनसम्म चल्ने प्रदर्शनीमा नेपालका ३० तथा अन्य ४० देशका चित्रसहित ७० वटा चित्रहरु प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा राखिएको नेपाली चित्रहरु गएको माघ १५ गते सम्पन्न ‘वाङ्मय शताब्दी पुरुष दोश्रो राष्ट्रिय चित्रकला प्रतियोगिता’का १३ वर्षसम्मको उमेर समूहबाट उत्कृष्ट ३० बालचित्रकारका चित्रहरु रहेका छन् ।
बालचित्रकलामा कार्य गर्ने इटालियन संस्था कलर फर पिसले ४० देशका चित्रहरुको संयोजन गरेको थियो । नेपालबाहिरका ४० देशका चित्रहरुमा अबुधावी, अल्वानिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चाइना, क्रोएसिया, मोल्डोभा, रोमानिया, रुस, सिरिया, टोङ्गा, उरुग्वे, संयुक्त राज्य अमेरिका लगायतका रहेका छन् ।
प्रदर्शनीको उद्घाटनमा सम्बोधन गर्दै बाग्मती प्रदेशका सांसद राजकाजी महर्जनले प्रदेश सरकारले कलालाई विशेष ध्यान दिएको बताउनुभयो । प्रदेश सरकारबाट निकट भविष्यमा कला र संस्कृतिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तयारी भइरहेको जानकारी महर्जनले दिनुभयो ।
उद्योग बाणिज्य संघ ललितपुरका पूर्व अध्यक्ष अजरमान जोशीले शताब्दी पुरुषको सम्मानमा यसै वर्ष झण्डै दुई दर्जन कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
योङ्ग पिकासोका सल्लाहकार शाक्य सुरेनले विश्वलाई हेरेर नेपालमा धेरै कार्यक्रम गर्न सकिने भाव व्यक्त गर्नुभयो । योङ्ग पिकासोका निर्देशक अजय देशारले कलर फर पिसको सहकार्यले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बालचित्रकारका चित्रहरुलाई प्रदर्शनी गर्न सफल रहेको बताउनुभयो ।
वाङ्मय शताब्दी पुरुषका कोरिएका प्रत्यक्ष चित्रहरुमध्ये उत्कृष्ट ३५ चित्रहरुलाई पाटन संग्रहालयको समन्वयमा डा. जोशीको जन्मोत्सव वैशाखमा प्रदर्शनीमा राखिने जानकारी सहयात्रा अध्यक्ष तथा कार्यक्रम संयोजक बालमुकुन्द आचार्यले दिनुभयो ।
सहयात्राको आयोजना तथा योङ्ग पिकासोको प्रस्तुतिमा सुरु भएको प्रदर्शनी आगामी आउँदो २९ गतेसम्म पाटन संग्रहालयमा चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।