म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ – हात्तीपाइले रोगको जोखिम रहेका १३ वटा जिल्लामा शनिबारदेखि हात्तिपाइलेविरुद्धको औषधि खुवाईँदैछ । धनकुटा, झापा, मोरङ, बारा, लमजुङ्ग, पर्वत, बाग्लुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबारदेखि औषधि खुवाउन थालेपनि जनसंख्या धेरै भएका जिल्लामा धेरै समय लाग्ने र थोरै जनसंख्या भएका जिल्लामा छिटै खुवाई सकिने सरकारले जनाएको छ ।
गएको वर्षदेखि पालिकाहरुले हात्तीपाइले विरुद्धको औषधि खुवाउन थालेका हुन् । मन्त्रालयकाअनुसार शनिबार विभिन्न ठाउँमा बुथ राखेर औषधि खुवाइनेछ भने आइतबारदेखि स्वास्थ्यकर्मी घरघरमा जानेछन् ।
दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा अरु रोग लागेर सिकिस्त भएका बिरामी बाहेक सबैले औषधि खान मिल्ने तर खाली पेटमा भने खान नहुने डाक्टरले बताएका छन् ।
शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिमा औषधि खाएपछि सामान्य टाउको दुख्ने, वाकवाकी लाग्ने र पेट दुख्ने भए पनि केही समयमा निकाे हुने र यदि नभए स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न डाक्टरले सुझाव दिएका छन् ।
औषधि खाएपछि सुरुमा केही नकारात्मक लक्षण देखिने भएकाले धेरैले डराएर औषधि नखाने गरेको पाइएको छ । एक प्रकारको मसिनो जुकाजस्तै देखिने परजीवीले गराउने यो रोग लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ ।
यो परजीवी मानिसको शरीरमा प्रवेश गरेको केही वर्षपछि मात्रै लक्षण देखिने गर्छ । हात्तीपाइले रोग लागेपछि खुट्टा असामान्य रुपमा सुन्निएर मानिस अपाङ्ग हुने गर्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।