म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
भक्तपुर – सरकारले चीनको वुहानबाट फर्काउन लागिएका नेपालीलाई राख्न भक्तपुरको खरीपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको दुईवटा भवन खाली गराएको छ ।
वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलको भवन खाली गराइएको नेपाल विद्युत प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिनुभयो ।
यी भवनमा १ सय २४ जनालाई राख्न सकिने नेपाली सेनाको प्राविधिक टोली, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गएको टोलीले निष्कर्ष निकालेपछि भवन खाली गराइएको हो ।
तर कोरोना भाइरसबारे पर्याप्त जानकारी नदिइकनै भवन खाली गराइएकाे र कोरोना संक्रमित नै राख्न लागेको भन्दै त्यहाँका कर्मचारी र स्थानीयले भने विरोध जनाएका छन् । उनीहरुले चीनबाट फर्काइएका नेपाली राखेपछि आफूहरुलाई पनि कोरोना सर्ने भन्दै क्वारेन्टाईन राख्न नदिने बताएका हुन् ।
चाँगुनारायण नगरपालिकाको शुक्रबार बसेको छैटाै नगरसभाले चीनको वुहानबाट फर्काउन लागिएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको छ ।
यस्तै सरकारले भक्तपुरकै सूर्यविनायक वीरदल गणमा पनि क्वारेन्टाईन राख्ने भने पनि त्यसबारेमा कुनै जानकारी नआएको र राख्ने ठाउँ समेत नभएको नेपाली सेना वीरदल गणले जनाएको छ ।
चीनबाट फर्कन १ सय ८० जना नेपालीले आवेदन दिएका छन् । चीनमा रहेका नेपालीका आफन्तले भने तत्काल उनीहरुलाई स्वदेश फर्काएर ज्यान जोगाइदिन माग गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।