तराई–मधेशमा आज पनि तातो हावा चल्ने
बैशाख १२, २०८२ शुक्रबार
सिन्धुली - दुधौली नगरपालिका–४ मा रहेकाे डकाहा चकमके सडकखण्डको टोड्केमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएकाे छ भने अन्य तेह्र जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा दुधौली नगरपालिका–१, गिचियानीका ७० वर्षीय ब्रमहलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार दुधौली नगरपालिका वडा नम्बर-१, टोड्केपानी जङ्गलबाट दाउरा लिएर डकाहातर्फ जाँदै गरेको लु८३त ६८९० नम्बरको ट्र्याक्टर ब्रेक फेल भएर शनिबार दुर्घटनामा परेको थियो ।
दुर्घटनामा दुधौली नगरपालिका-१, गिचियानी बस्ने ५२ वर्षीय राम भरोसा, ४८ वर्षीय राम कुमर र २२ वर्षीय शुक्ला धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
स्थानीय ५० वर्षीय दबु धामी, २२ वर्षीय दिपेश पुरी, ३० वर्षीया सीता धामी, १५ वर्षीया मीरा धामी, २० वर्षीया सुनिता चौधरी, २० वर्षीया मनिषा कुमर, २८ वर्षीया कुमारी कुमर, १२ वर्षीय लक्ष्मण कुमर, ३२ वर्षीय रामकुमार कुमर र ट्र्याक्टर चालक ३० वर्षीय कुलबहादुर तामाङ घाइते भएका छन् ।
घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।