काठमाण्डौका यी ठाउँमा दुई घण्टा बत्ती जाने

 माघ २६, २०७६ आइतबार ११:५२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौंका विभिन्न ठाउँमा आइतबार दुई घण्टा बत्ती जाने भएको छ । महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइन दिउँसो १२ बजेदेखि २ बजेसम्म सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।  

नेपाल वन निगम लिमिटेडले चक्रपथ विस्तारका लागि रुख कटान गर्ने भएकाले बत्ती जाने भएको हो । यस फिडरअन्तर्गत् सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल लगायतका क्षेत्रमा बत्ती जाने भएको छ ।

निर्धारित समयअगावै काम सकिए २ बजेभन्दा अगाडि नै बत्ती आउने केन्द्रले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया