काेराेना भाइरस : चीनमा झण्डै दुई लाख मानिस डाक्टरको निगरानीमा

 माघ २६, २०७६ आइतबार १३:२२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चीनमा झण्डै दुई लाख मानिसलाई डाक्टरको निगरानीमा राखिएको छ ।

कोरोना तीव्र गतिमा फैलिँदै गएपछि एक लाख ८८ हजार एक सय ८३ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अहिलेसम्म ३७ हजार १ सय ९८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । शनिबार एकैदिन तीन हजार ९ सय १६ जना कोरोनाका नयाँ सङ्क्रमित भेटिएको र उनीहरुमध्ये ८७ जना गम्भीर रहेका खबरमा उल्लेख छ ।

निगरानीमा राखिएका मध्ये अहिलेसम्म दुई हजार चार सय ४९ जना अस्पतालबाट घर फर्किएका छन् । चीनमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या आठ सय ११ पुगेको छ । 

हिजो ८९ जनाको ज्यान गएकोमा उनीहरुमध्ये ८१ जना हुबेई प्रान्तका रहेका छन् ।

योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या 'सार्स' का कारण ज्यान गुमाउनेको सङ्ख्याभन्दा धेरै भएको छ । सन् २००३ मा फैलिएको सार्सका कारण सात सय ७४ जनाले ज्यान गुमाएका थिए । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया