ललितपुर : पूर्वसचिव कार्कीकी श्रीमतीकाे निधन

 माघ २७, २०७६ सोमबार १४:३४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीकाे निधन भएकाे छ । 

स्टार अस्पतालमा उपचारका क्रममा उहाँको ज्यान गएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएकाे छ ।

ललितपुर महानगरपालिका २ सानेपामा रहेको आफ्नै घरमा बिहान मुना घाइते अवस्थामा र उहाँको घरमा काम गर्ने विजय चौधरी मृत अवस्थामा भेटिएका थिए । चौधरीले मुनालाई आक्रमण गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहले उज्यालोलाई जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया