बाराका दुई ओटा बीओपी अब आफ्नै भवनमा

 माघ २८, २०७६ मंगलबार १५:४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा - दुई ओटा बोर्डर आउट पोष्ट (बीओपी) का नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नम्बर २ बाहिनीका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले उद्घाटन गर्नभएकाे छ । 

बाराका कवही गोठ र पिपरपाती बीओपीका भवनहरु सुवर्ण गाउँपालिकाको इटियाही र सिमराैनगढ नगरपालिकाको वीरेन्द्र चोकमा निर्माण गरिएका हुन् । नवनिर्मित भवनमा कार्यालय, निवास, ब्यारेक, मेसलगायत रहेका छन् ।

झण्डै एक करोड रुपैयाँकाे लागतमा नाति निर्माण कम्पनी ललितपुरले ती भवनहरु निर्माण गरेको हो ।  

भवन उद्घाटन कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, सशस्त्र प्रहरीका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदी, जिल्लाामा रहेका सुरक्षा निकायका प्रमुखहरु, सम्बन्धित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बीओपीलाई सहयोग गर्ने व्यक्तिहरु तथा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो ।

अन्तिम अपडेट: फागुन ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया