पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
जाजरकोट - समाजमा रहेका जातीय भेदभाव र छुवाछूतविरुद्ध जाजरकोटका धामीझाँक्री तथा पुरोहित एकजुट भएका छन् ।
भेरी नगरपालिलाई पूर्णरुपमा छुवाछूतमुक्त अभियानलाई साथ दिन उनीहरु एकजुट भएका हुन् । जातीय भेदभाव तथा छुवाछूतविरुद्ध जागरण फैलाएर समृद्ध नगर बनाउने अभियानलाई साथ दिन समेत उनीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।
भेरी नगरपालिका–११ का रुपलाल शर्माले भन्नुभयो, ‘आफूहरु छुवाछूत गर्दैनौँ र समाजमा गर्न पनि दिन्नौँं, यस्तो कुकर्म कसैबाट भए सामूहिक रुपमा प्रतिकार गर्छौं ।’
भेरी नगरपालिका–४ एकदेव शर्माले भन्नुभयो, ‘आफ्नो घरमा बनाएको मन्दिरमा दलितसँगै सामूहिक रुपमा पूजापाठ गर्न आएको छु, सानो जात र ठूलो जात भन्ने हुँदैन । ’
नगरप्रमुख चन्द्रप्रकाश घर्तीले कुसंस्कारका रुपमा मूल जरो बनेको विभेदलाई हटाउनका लागि धामीझाँक्री तथा पुरोहितहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समाजमा देवतालाई अगाडि सारेर नै छुवाछूतजस्तो हुने गरेकोे छ, अब हाम्रो यो सामाजिक अभियानमा धामीझाँक्री तथा पुरोहितले साथ दिनुभएको छ, यो खुशीको कुरा हो । ’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।