मंगलबार नेप्सेमा दोहोरो अङ्कको वृद्धि

 माघ २८, २०७६ मंगलबार १९:१०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेप्से परिसूचक मंगलबार १७ दशमलव ११ अङ्कले बढेको छ । सोमबार ४ दशमलव २८ अङ्कले बढेको परिसूचक मंगलबार पनि बढेर १३ सय ४१ दशमलव ३८ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

व्यापार समूहबाहेक मंगलबार सबै समूहको सूचक बढेको छ । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सुचक ९३ दशमलव ४७ अङ्कले बढेको छ । मंगलबार कारोबार रकम पनि बढेको छ । 

सोमबार ९३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार १ अर्ब ५३ लाख २२ हजार रुपैयाँ बराबरका ३९ लाख कित्ता शेयर किनबेच भएका छन् । शिवम् सिमेन्ट लिमिटेडको मंगलबार सबैभन्दा धेरै १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । 

यस्तै एनआईसी एसिया बैंक लिमिटेडको ११ करोड १२ लाख ३२ हजार कित्ता शेयर किनबेच भएको छ । मंगलबार कालिका पावर कम्पनी लिमिटेड र नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । 

युनियन हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने ५ प्रतिशत गुमाएका छन् ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया