म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाण्डौमा क्रान्तिकारी बहस गरेर व्यावहारिक रुपमा महिला सशक्तिकरण नहुने बताउनु भएको छ ।
राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘सूचनाको हकका लागि महिला सशक्तिकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले काठमाण्डौमा गरिने बहसले छाउपडी र बोक्सी प्रथा अन्त्य नहुने भन्दै सम्बन्धित क्षेत्रमा गएर बहस चलाउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘त्यसै त रजश्वला हुँदा रगत गएर मान्छे कमजोर हुन्छ, उसलाई हेरविचारको ,अरु आरामको आवश्यकता हुन्छ त्यो बेलामा रातभर सर्पले ठुँग्ने हो कि, अर्को कोही अपराधी आएर हातपात गर्ने हो भनेर चिन्तामा बस्नुपर्ने कुरा, सुरक्षाभन्दा अर्को भय सिर्जना गर्ने कुरा कुन हक हो ? त्यसैले ठूलोठूलो क्रान्तिकारी बहस गर्नुभन्दा साधारण व्यवहारिक कुराबाट समाजको रुपान्तरण र परिवर्तन तर्फ लाग्नुपर्छ ।’
उहाँले सूचनाको हक भन्नेकुरा आफ्नो देश, आफ्नो अधिकार र आफ्नो कर्तव्यको बारेमा पनि थाहा पाउने हो । तर अधिकार खोज्नेले कर्तव्य विर्षने परिपाटीले वास्तविक सूचना नआउने गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खडकाले संविधानमा महिला अधिकारहरु सुनिश्चित भए पनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । उहाँले महिलाका लागि सूचनाको हकका विषयमा सूचना आयोग बेखबर भएको आफुलाई लागेको बताउनुभयो । उहाँले महिला सशक्तिकरणका लागि काठमाडौंमा हुने सेमिनारले देशभर हुने गरेका महिलाको समस्याको समाधान गर्न नसक्ने बताउनुभयो ।
‘सूचना हाम्रो अधिकारः सुशासन र विकासको आधार’ भन्ने नारासहित राष्ट्रिय सूचना आयोगले सूचनाको हकका लागि महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाण्डाैमा आयोजना गरेको हो । कार्यक्रममा सहभागिहरुले महिलालाई राजनीतिक, सामाजिक र आर्थिक रुपमा सशक्त बनाउन सूचनाको पहुँचको विकास र विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।