प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

 माघ २८, २०७६ मंगलबार १७:४६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक आईजीपी मा नियुक्त गरेको छ । प्रदेश नम्बर १ को प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदै आउनु भएका ज्ञवालीलाई सरकारले मंगलबार प्रहरी महानिरीक्षक नियुक्त गरेको हो  । 

३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका प्रहरी महानिरीक्षकको पद सम्हाल्नुहुनेछ । उहाँसँगै  सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय दावेदार हुनुहुन्थ्याे । 

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज मंगलबारदेखि ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछिसँगै ज्ञवाली नयाँ महानिरीक्षकमा नियुक्त हुनुभएको हाे। 

पूर्व आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उहाँका ब्याचका  डीआईजीहरुले सेवाहदका कारण अवकाश पाएका छन् । 

अवकाश पाउनेमा डीआईजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पिताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का रहनु भएको छ । 

यस्तै, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापतिले अवकाश पाएका छन् । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया