खोकना र बुङ्मतीवासी आन्दोलनमा : ऐतिहासिक नगर नष्ट गर्न खोजेको आरोप

 माघ २८, २०७६ मंगलबार १८:५७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले अघि सारेका विकास निर्माणका परियोजनाहरुले ऐतिहासिक नगर समाप्त पार्न खोजेको भन्दै खोकना र बुंगमतीवासीले विरोध प्रदर्शन गरेका छन् । 

काठमाण्डौ तराई द्रुतमार्ग, बाहिरी चक्रपथ निर्माण र स्मार्ट सहर निर्माणजस्ता परियोजनाले नेवार समुदायको सभ्यता र संस्कृति नष्ट गरी ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । 

‘खोकना बुङ्मती बचाउँ, गुठी सम्पदा जोगाउँ’ भन्ने नारासहित नेवार खोकना र बुङमतीका स्थानीयहरुले राजधानीमा बृहत जनप्रदर्शनी र्‍याली निकालेका छन् । ‘बोङ खोकनामा बाह्य चक्रपथ चाहिँदैन, बोङ खोकनामा सुरुङमार्ग चाहिँदैन, आईएलओ १६९ को उलङ्घन गर्न पाईंँदैन’, लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको हो । 

उनीहरुले सांस्कृतिक सम्पदा संरक्षणका लागि फास्ट ट्रयाक खारेज गर्नुपर्ने, स्मार्ट सिटी नचाहिने भन्दै आदिवासीहरुलाई उठीबास नगराउन आग्रह गरेका छन् ।खोकना बुङ्मतीबासीलाई न्याय दिन र राज्यलाई जवाफदेही बनाउन फास्ट ट्रयाक तथा अन्य परियोजनाविरुद्ध अदालत जाने चेतावनी पनि उनीहरुले दिएका छन् ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया