म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - आईएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) सम्मानबाट सम्मानित हुनुभएको छ ।
मंगलबार काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई उक्त सम्मान प्रदान गर्नुभएको हो ।
बैंकिङ्ग प्रणालीमार्फत रेमिटेन्सको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याएर देशको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उहाँलाई उक्त सम्मान प्रदान गरेको हाे ।
ढकाल यस अघि सन् २०१४ मा पनि याे सम्मानबाट सम्मानित हुनुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहनुभएका ढकालको बैंक, वित्त तथा अन्य सेवामूलक क्षेत्रमा लगानी रहेको छ । केन्द्रले ढकाललगायत विभिन्न २५ जना व्यक्तित्वहरुलाई याे सम्मान प्रदान गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।