यो वर्षको 'भ्यालेन्टाइन डे' मा डेढ लाख फूलकाे कारोबार हुने अनुमान

 माघ २९, २०७६ बुधबार ९:४६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रणय दिवसको अवसरमा फूलको कारोबार बढ्ने अनुमान गरिए पनि यो वर्ष कारोबार सन्तोषजनक नरहेको व्यवसायीले बताएका छन् ।

अघिल्ला वर्षमा जस्तो चहलपहल नदेखिएको फ्लोरिकल्चर एसाेसियशन अफ् नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजुले उज्यालोलाई बताउनुभयो ।

गएकाे वर्ष डेढ करोड रुपैयाँ बराबरका एक लाख ६० हजार गुलाब बिक्री भएको थियो । यो वर्ष भने झण्डै डेढ लाख फूलको कारोबार हुने देखिएको अध्यक्ष कसजुको भनाइ छ ।

उहाँका अनुसार यो वर्ष विदेशबाट फूल आयातको दर पनि घटेको छ । गएकाे वर्ष एक लाख फूल नेपाल ल्याइएकाे भए पनि यो वर्ष त्योभन्दा कम आयात भएको उहाँले बताउनुभयो ।  

बजारमा फूलको माग कम रहेकाले याे वर्ष गएकाे वर्षकाे तुलनामा कम परिणाममा फूल आयात गर्न लागिएको हाे । 

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया