सानिमा बैंकले हरेक नारी बचत खाताबाट एक रुपैयाँ विपन्न नारीको लागि उपयोग गर्ने

 माघ २९, २०७६ बुधबार १९:२०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सानिमा बैंकले सञ्चालनमा ल्याएको सानिमा नारी बचत खाता अन्तर्गत हरेक खाताबाट एक रुपैयाँ विपन्न वर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्ने भएकाे छ ।

‘बचत आफ्नो लागि, सहयोग नारीको लागि’ भन्ने उद्देश्यका साथ याे योजना ल्याइएकाे बैंकले जनाएकाे छ।

महिलाले आफ्नो लागि नारी बचत खाता खोल्दात्यस खाताबाट नारीकै हितको लागि रकम प्रयोग गरिने हुनाले हरेक नारीले सानिमा बैंकमा खाता खोल्दाअप्रत्यक्ष रुपमाअन्य विपन्न वर्गका नारीको लागि सहयोग पुग्ने बैंककाे विश्वास छ ।

यससँगै प्रविधियुक्त बैंकिङ्ग तथा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न बैंकका नारी खातावाहक ग्राहकले बैंकको डेबिट कार्डबाट बिल भुक्तानी गर्दा हरेक शनिबार १५ प्रतिशत क्याशब्याक वा अधिकतम पाँच सय रुपैयाँसम्म छुट प्रदान गर्ने भएको छ । जसबाट हरेक महिना सामानखरिदमा दुई हजार रुपैयाँसम्म बचत गर्न सकिनेछ ।

याे क्याशब्याक योजना २०७६ फागुनदेखि २०७७ वैशाखसम्म तीन महिनाको लागि लागू हुनेछ बैकले जानकारी दिएकाे छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया