रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक पारित

 माघ २९, २०७६ बुधबार २०:३१:१ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधिसभाको आजको बैठकले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको विधेयकलाई सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सांसद खगराज अधिकारी, शेरबहादुर तामाङ र प्रेम सुवालले विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो । 

छलफलमा सहभागी सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले रेडियोधर्मी पदार्थलाई नियमन र व्यवस्थित गर्न अत्यन्त जरुरी भएकाले उक्त ऐन ल्याइएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार २ गते अपराह्न २ बजे बस्नेछ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया