काेराेना भाइरस : सिङ्गापुरमा बैंक खाली गराइयाे, कर्मचारीहरुलाई छुट्टी दिइयाे

 फागुन १, २०७६ बिहीबार ७:२५:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – सिङ्गापुरकाे डीबीएस बैंकका एक जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । कोरोनाको सङ्क्रमण पाइएपछि बैंक खाली गराइएको छ र कर्मचारीहरुलाई बिदा दिइएको छ । 

डीबीएस बैंकको एक तलामा तीन सय जना कर्मचारी काम गरिरहेका थिए । ती सबै कर्मचारीलाई बुधबारदेखि छुट्टी दिइएको छ । यो बैंक 'मरीना बे पाइनेन्सियल सेन्टर' को ४३औँ तलामा रहेको छ । 

यसअघि सिङ्गापुरमा कोरोना भाइरसको ४७ घटना सार्वजनिक भइसकेका छन् । चीनपछि कोरोना भाइरसको घटना यो सबैभन्दा धेरै हो । 

साथै कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै चीनमा आउँदो १९ अप्रिलमा हुने भनिएको फर्मुला वान रेस पनि स्थगित गरिएको छ । 

यो रेस सञ्चालन गर्ने निकाय एफआईएले भनेको छ, ‘कर्मचारी, प्रतियोगी र दर्शकको स्वास्थ्य र सुरक्षालाई सुनिश्चित गर्न यस्तो उपाय अपनाइएको हो । अवस्था सुध्रँदै गएपछि नयाँ तारिख तय गरिनेछ ।’

चीनमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या झण्डै ४४ हजार पुगेको छ । अन्य २० भन्दा बढी देशमा पनि यसको सङ्क्रमण पाइएको छ । 

यसैबीच चीनमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका सङ्क्रमितकाे सङ्ख्या घट्न थालेका छन् ।

 

सङ्क्रमित हुनेकाे सङ्ख्या घटे पनि कोरोना भाइरसको महामारी तत्काल अन्त्य हुने घोषणा गर्न अहिले धेरै चाँडो हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया