काेराेना भाइरस : ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार तीन सय ५० नाघ्याे

 फागुन १, २०७६ बिहीबार ८:१३:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनको हुबेई प्रान्तमा बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएको छ । कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति धेरै जनाको ज्यान गएको यो पहिलो घटना हो । 

त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ । बुधबार १४ हजार आठ सय ४० जनामा यसको सङ्क्रमण भेटिएको अधिकारीहरुले बताएका छन् । 

हुबेई प्रान्तमा कोरोनाको उपचार गर्नका लागि व्यापाक परिभाषाको सुरु गरिएको थियो, जो अधिकांश घटनाका लागि जिम्मेवार छन् । यद्यपि गएको बुधबारसम्म सङ्क्रमितको सङ्ख्या घट्दै गएको बताइएको थियो । 

यसअघि गएको दुई हप्तामा सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । यसअघि एक दिनमा झण्डै चार हजार जना नयाँ बिरामी भेटिने गरेकाेमा गएको दुई हप्तामा चीनमा दैनिक झण्डै दुई हजार जनामात्र नयाँ बिरामी भेटिएका थिए ।

हुबेई प्रान्तमा नयाँ घटना र ज्यान गुमाउनेको सङ्ख्या बढेसँगै कोरोनाको कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ५० नाघेको हाे । त्यस्तै कोरोना सङ्क्रमणको झण्डै ६० हजार घटना दर्ता भएका छन् । 

हुबेई प्रान्तले पूरै चीनमा भएको सङ्क्रमणको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । 

गएको डिसेम्बर अन्तिममा चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोनाविरुद्ध लड्न केही समयभित्रै खोप बनाउने योजना रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया