दादुरा र रुबेलाविरुद्धको खोप अभियान सुरु, दुई चरणकै खाेप लगाएकाले पनि अनिवार्य लगाउनुपर्ने

 फागुन १, २०७६ बिहीबार ९:३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बिहीबारदेखि ९ महिनादेखि ५ वर्षमुनिका झण्डै ३० लाख बालबालिकालाई दिइने दादुरा र रुबेलाविरुद्धको खोप अभियान सुरु हुँदैछ ।

दुई चरणमा सञ्चालन हुने अभियानअन्तर्गत पहिलो चरणमा बिहीबारदेखि एक महिनासम्म प्रदेश १, २ र ५ मा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले जानकारी दिनुभयो ।

चितवन र पूर्वी नवलपरासीबाहेक तराईका १९ जिल्लामा बिहीबारदेखि नै दादुरा र रुबेलाको खोपसँगै बालबालिकालाई पोलियो थोपा पनि खुवाइने उहाँले जानकारी दिनुभयो । दादुरा र रुबेलाविरुद्धको खोप शिशु जन्मिएको ९ महिना र १५ महिनामा गरी दुई पटक लगाउनुपर्छ ।

दुई चरणकै खोप लगाएका बालबालिकालाई पनि यो खोप अभियानअन्तर्गत थप खोप लगाउनुपर्ने प्रमुख गौतमले जानकारी दिनुभयो । अहिलेको खोप थप मात्रा भएकाले अनिवार्य लगाउनुपर्ने उहाँको भनाइ छ ।

बिहीबारदेखि एक महिनासम्म प्रदेश १, २ र ५ का सबै वडामा रहेका खोप केन्द्रमा गएर ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सरकारले आग्रह गरेको छ ।

दोस्रो चरणमा आउँदो चैत १ गतेदेखि एक महिनासम्म वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुनेछ ।

सन् २०२३ सम्ममा नेपालबाट दादुरा र रुबेला निवारण गर्नुपर्ने लक्ष्यअनुसार दादुरा र रुवेलाविरुद्धको खोप दिन लागिएको सरकारले जनाएको छ ।  

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया