म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
सिन्धुपाल्चाेक – रुघाखोकी र ज्वरो फैलिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा गाउँका बिरामीकाे नमुना परीक्षण गर्न काठमाण्डौ ल्याइने भएको छ ।
नमुना लिन काठमाण्डाैबाट गएको डाक्टरसहितको टोली बिहान १० बजेतिर गुम्बा गाउँ पुग्ने जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।
टेकुमा रहेको प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्रै रोगबारे थप पुष्टि हुनेछ । रुघाखोकी र ज्वरो देखिएका तीन सय जना बिरामीमध्ये दुई जना बालबालिकाको अवस्था गम्भीर छ । अहिले एक जना डाक्टरसहितको टोलीले प्रभावित क्षेत्रमा बिरामीको उपचार गरिरहेको छ ।
डाक्टरकै सल्लाहमा ती दुई बालबालिकालाई गाउँमै राखेर उपचार थालिएको पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै रुघाखोकी र ज्वरो प्रभावित क्षेत्रमा थप औषधि र सात सय वटा मास्क (मुखावरण) पठाइएको छ ।
मास्कको अभाव भएकाले सहयोगका लागि जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।