म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
सिन्धुपाल्चोक - रुघाखोकी र ज्वरो फैलिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ काे गुम्बा गाउँका बिरामीको नमुना सङ्कलन गरिएको छ ।
काठमाण्डौ र सिन्धुपाल्चोकको चौताराबाट आएको डाक्टरसहितको टोलीले बिरामीको नमुना सङ्कलन गरेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।
सङ्कलन गरिएकाे नमुनालाई काठमाण्डौको टेकुमा रहेको प्रयोगशालामा परीक्षण गरेपछि मात्रै रोगबारे थप पुष्टि हुनेछ । अहिले एक जना डाक्टरसहितको टोलीले प्रभावित ठाउँका बिरामीको उपचार गरिरहेको छ ।
यस्तै रुघाखोकी र ज्वरो प्रभावित क्षेत्रमा थप औषधि र सात सय वटा मास्क (मुखावरण) पठाइएको उहाँले बताउनुभयो । अध्यक्ष श्रेष्ठले मास्कको अभाव भएकाले सहयोगका लागि आग्रह समेत गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।