म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
ललितपुर - सुनचाँदी पसलबाट गरगहना तथा नगद चाेरी गर्ने चार भारतीय नागरिक पक्राउ परेका छन् ।
गएकाे माघ २० गते राति ललितपुरकाे गाबहालमा रहेकाे शाक्य ज्यास नाम गरेकाे सुन चाँदी पसलमा ढोकाको ताल्चा फोडेर पसलबाट सुन चाँदीका गरगहना र नगद राख्ने सेफसमेत चोरी भएकाे थियाे ।
घटना सम्बन्धमा सीसीटीभी फुटेज तथा मोबाइल लोकेशन समेतको आधारमा अनुसन्धान गरी घटनामा संलग्न चार जनालाई महानगरीय प्रहरी अपराध शाखा ललितपुर र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले बिहीबार पक्राउ गरेकाे हाे ।
पक्राउ परेकाहरुमा भारत घर भइ हाल काठमाण्डौकाे कालिमाटीमा बस्ने २१ वर्षीय चन्दन कुमार पोदार ९जैसवाल० तथा १९ वर्षीय रबिनकुमार साह ९पोदार० र सतुङगल बस्ने ४० वर्षीया कृष्णादेवी पोदार सुरज कुमार पोदार रहेकाे महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएकाे छ।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।