सरकारकाे दादुरा–रुबेला अभियानका लागि एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य

 फागुन १, २०७६ बिहिबार २०:३४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेलाअभियान २०७६/७७ मा सघाउने भएको छ ।

खोप अभियानअन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा-रुबेला खोप लगाउने लक्ष्य राखेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागू गर्नेछ । फागुन १ (बिहीबार) गते सुरु भएर फागुन ३० सम्म सञ्चालनमा रहने पहिलो चरण अन्तर्गत प्रदेश नं. १,२ र ५ का बालबालिकालाई खोप लगाइनेछ ।

त्यसैगरी दोस्रो चरण चैत्र १ गते देखि चैत्र ३० गते सम्म सञ्चालन हुनेछ जसमामा बाँकी प्रदेशहरु वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका बालबालिकालाई खोपहरु लगाइनेछ ।

‘दादुरा/रुबेला विरुद्धको खोप शत प्रतिशत बालबालिकालाई लगाउन जनचेतना अभिवृद्धि गर्न एनसेलबाट हामीलाई धेरै सहयोग प्राप्त भएको छ । त्यो सहयोगको लागि एनसेललाई धेरै धन्यवाद दिन चाहन्छाैँ । भविष्यमा पनि हाम्रो खोप कार्यक्रमलाई सहयोग निरन्तर रहनेछ भन्ने आशा राख्दछौँ’, परिवार कल्याण महाशाखा अन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलकशर्मा गौतमले भन्नुभयाे ।

‘’राष्ट्रिय प्राथमिकतामा रहेको दादुरा रुबेलाखोप अभियानअन्तर्गत खोपको महत्वका बारेमा जनचेतना अभिवृद्धिको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौँ। हाम्रो सामाजिक जिम्मेवारी कार्यक्रमअन्तर्गत स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा रहेको छ र एक अग्रणी जिम्मेवार कर्पोरेट नागरिकको रुपमा हामीलाई यस किसिमको राष्ट्रिय अभियानमा सहकार्य गर्नेअवसर दिइएकोमा निकै नै गौरवान्वित छौँ’ , एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भन्नुभयाे ।

एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत देशभर स्वास्थ्यसँग सम्बन्धित जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्यशिक्षा तथा सञ्चार केन्द्रसँग २०७६ साल असोज १३ मा समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको यही समझदारी अन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरुको प्राविधिक सहयोगमा राष्ट्रिय दादुरा/रुबेलाखोप अभियानको लागि सञ्चार तथा जनसचेतना अभिवृद्धिका लागि सरकारलाई सहयोग गरेको हो ।

यसअघि एनसेलले डेङ्गीको समयमा स्वास्थ्य्सम्बन्धी जनसचेतना अभिवृद्धिका लागि सहयोग गरेको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया