'टुटल', 'पठाओ' बन्द नगर्न तथा कानुन बनाएर सञ्चालन गर्न उच्च अदालत पाटनकाे आदेश

 फागुन २, २०७६ शुक्रबार ८:३४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – उच्च अदालत पाटनले मोटरसाइकलमा भाडा लिएर यात्रु बोक्ने 'पठाओ' र 'टुटल' जस्ता सेवा बन्द नगर्न तर कानुन बनाएर सञ्चालन गर्न आदेश दिएको छ ।

अखिल नेपाल मजदुर सङ्घ ट्याक्सी विशेष जिल्ला कमिटीले गएको मङ्सिर २२ गते दायर गरेको रिटमा न्यायाधीशहरु श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको  इजलासले कानुन बनाएर मात्र त्यस्तो सेवा सञ्चालन गर्न परमादेश जारी गरेको हो ।

उच्च अदालत पाटनले अहिले नै टुटल, पठाओ लगायतको सेवा बन्द नगर्न र कानुन बनाएर सञ्चालन गर्न आदेश दिएको हो । 

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पनि टुटल र पठाओलाई अहिले सेवा दिइरहेका बेलामा कारबाही गर्ने र रोक्ने कुरा नगर्न निर्देशन दिनुभएको थियाे ।

बरु टुटल र पठाओ जस्ता निजी नम्बर प्लेटका सवारी साधनले भाडाका यात्रु ओसार्नको लागि नियमन गर्ने कानुन निर्माणमा जुट्न पनि मन्त्री नेम्वाङले निर्देशन दिनुभएको थियाे । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया