म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका ६ का वडाध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अध्यक्ष थापाले खानेपानी उपभोक्ता समितिको अध्यक्ष आफैँ कुनै पनि कामै नगरी जिल्ला खानेपानी योजनाको कागजपत्र किर्ते बनाई रकम निकासा गरी हिनामिना गरेको आरोप लागेको छ ।
वडाअध्यक्ष थापाले ६ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । यस्तै लिसङ्खुपाखर गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिन र तत्कालीन लेखापाल सुरेन्द्र बहादुर तितजुले पनि उपभोक्ता समितिका अध्यक्ष एवं वडाध्यक्ष थापासँग मिलेर भ्रष्टाचार गरेको खुलेको छ ।
लिसङ्खुपाखर गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन असिस्टेन्ट सब-इन्जिनियर लिलबहादुर पाण्डेविरुद्ध पनि ६ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ ।
वडा नम्बर ५ का बाबुलाल जोशी र दल बहादुर श्रेष्ठले वडाध्यक्षसँग ४ लाख १० हजार रुपैयाँ मागेर व्यक्तिको खातामा राखेकोले उनीहरुविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।