म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
भक्तपुर – चाँगुनारायण नगरपालिका-६, नगरकोट वडा कार्यालय नजिक रहेको खानेपानी कार्यालयमा शुक्रबार प्रहरी र स्थानीवासीबीच झडप भएको छ ।
चीनको वुहानबाट उद्धार गरेर ल्याउन लागिएका नेपालीलाई खानेपानी कार्यालयमा निर्माण भएको क्वारेण्टाइनमा राख्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
कार्यालय अगाडि सडक बन्द गराएर अवरोध गरी टायर बालेर विरोध गरेपछि झडप भएको वडा नं. ६ का वडाध्यक्ष सन्तबहादुर तामाङ्गले बताउनुभयो । सरकारी टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको र दुवैतर्फका सामान्य घाइते भएको उहाँले बताउनुभयो ।
नेपालीको उद्धार गरेर सरकार ल्याउन लागेको र उनीहरुलाई लिन जाने नेपाल वायुसेवा निगमको विमानका चालक, सहचालक र परिचारिकालाई १४ दिनसम्म नगरकोटको खानेपानीमा बनाएको क्वारेन्टाइन राख्न लागेको विरोधमा स्थानीयवासीले विरोध गर्दै शुक्रबार गरेको आन्दोलनमा प्रहरीसँग झडप भएको हो ।
प्रहरीले रोकेपछि आक्रोशित भएका स्थानीयले सडक बन्द गराएर विरोध गरेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको र ढुङ्गा हानाहान भएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी नेतृत्वको टोली नगरकोट पुग्दा विरोध भइरहेको थियो ।
स्थानीयले एक सातादेखि विरोध गर्दै आएको र शुक्रबार पनि दिनभर नै विरोध गरेको नगरकोटका विष्णु तामाङ्गले बताउनु भयो । त्यसपछि आज साँझ ६ बजेसम्म भएको छलफलमा पनि समस्या समाधान नभएको बताएको छ ।
प्रहरी र प्रजिअ होमकला पाण्डेले छलफल गर्दा पनि स्थानीयले विरोध गरिरहेका थिए । स्थानीयवासीले सरकार र जनप्रतिनिधिको विरोधसमेत गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
यादब बडाल
Feb. 15, 2020, 8:02 p.m.त्यो खरिपाटी भन्ने ठाउमा पनि मान्छे नै बस्दा रछन?
Shreekrishna
Feb. 15, 2020, 12:30 p.m.कस्ता भेडा हुन हो ....मेरो घर पनि नजिकै छ / उनीहरु चाहिं नेपाली होइनन ? झन् माया गरेर हौसला दिनु पर्ने ठाउँमा के को बिरोध हो ??